नेभिगेशन
मुख्य समाचार

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् । 

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् । 
    
“कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ”, मन्त्री खड्काले भने,“ यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको छ ।”

उनले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।

उनले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।
सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदे सहमतिपत्रमा सहमत भएपछि भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर...
नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका...
पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

“उहाँले पार्टी सभापति, चुनावको कमाण्डर र निर्वाचन पछि प्रधानमन्त्री माग गर्नु भयो” स्रोतले सिधाकुरासँग भन्यो, “कुरा यत्तिमै अडिग भएन । पार्टीको केन्द्रीय समितिमा ३० देखि ५० प्रतिशतसम्म हिस्सेदारी...

भर्खरै