नेभिगेशन
समाज

गृहमन्त्री स्तरीय निर्णयबाट अख्तियारमा कार्यरत डीआईजीको सरुवा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा भएको छ । उनलाई गृहमन्त्री स्तरीय निर्णयबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको ठाउँमा अख्तियारमा डीआईजी ओमबहादुर रानालाई पठाइएको छ । उनलाई हालै डीआईजीमा बढुवा गरिएको थियो । 

Ncell
Extreme Energy

गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका पनि गरेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरिएको छ । 

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई लगायतमाथि अनुसन्धान गरिरहेको छ । जसमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएको छ ।

विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । सोही समयमा गृहमन्त्री स्तरीय निर्णयबाट अख्तियारकै प्रहरी प्रमुख परिवर्तन भएका हुन् । 

494828462_726059963410056_6347306274403554594_n_oOxXp1bCL2-1748604490.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...