नेभिगेशन
मुख्य समाचार

गृहमन्त्री स्तरीय निर्णयबाट अख्तियारमा कार्यरत डीआईजीको सरुवा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा भएको छ । उनलाई गृहमन्त्री स्तरीय निर्णयबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो।

उनको ठाउँमा अख्तियारमा डीआईजी ओमबहादुर रानालाई पठाइएको छ । उनलाई हालै डीआईजीमा बढुवा गरिएको थियो । 

गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका पनि गरेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरिएको छ । 

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई लगायतमाथि अनुसन्धान गरिरहेको छ । जसमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएको छ ।

विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । सोही समयमा गृहमन्त्री स्तरीय निर्णयबाट अख्तियारकै प्रहरी प्रमुख परिवर्तन भएका हुन् । 

494828462_726059963410056_6347306274403554594_n_oOxXp1bCL2-1748604490.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।
सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदे सहमतिपत्रमा सहमत भएपछि भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर...
नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका...
पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

“उहाँले पार्टी सभापति, चुनावको कमाण्डर र निर्वाचन पछि प्रधानमन्त्री माग गर्नु भयो” स्रोतले सिधाकुरासँग भन्यो, “कुरा यत्तिमै अडिग भएन । पार्टीको केन्द्रीय समितिमा ३० देखि ५० प्रतिशतसम्म हिस्सेदारी...

भर्खरै