नेभिगेशन
मुख्य समाचार

सभामुख सचेतक छलफलः गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिनेमा विपक्षी एकजुट

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग आगामी दिनमा संसदीय अभ्यासलाई थप चुस्त र व्यवस्थित गर्नेबारे छलफल गरेका छन् । उनले सदनलाई नियमित रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन प्रमुख सचेतकहरूलाई आग्रह गरेका थिए । 

सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफलमा सभामुखले सदनको आगामी बैठकका लागि कार्यतालिका निर्माण तयारी सम्बन्धमा रायसुझाव लिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले बताए। उनले भने,  “देश, जनता र संवैधानिक व्यवस्थाका आधारमा संविधान कार्यान्वयका लागि बजेट प्रस्तुत गर्न दिएका हौँ । आफूहरूले उठाएका माग पूरा नभएसम्म निरन्तर आवाज उठाउँछौँ ।”

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा प्रस्तुत बजेट र  विनियोजन विधेयक विधेयकमाथिको छलफललाई क्यालेन्डर बनाएर अघि बढाउने विषयमा कुराकानी भएको बताए। उनले भने, “देशमा यति भ्रष्टाचार र बेथितिका विषय बाहिर आउँदा सरकारले त्यसलाई रोक्न छानबिन गर्नु जरुरी छ । गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन भएपछि मात्र सदन सञ्चालन हुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद्को आगामी बैठकको कार्यसूचीका विषयमा प्रमुख सचेतकले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए । उनले भने, “संसद्मा बिहीबार प्रस्तुत बजेट पारित गर्नेसम्मका कार्यतालिका र सदनलाई सहज रूपमा सञ्चालनमा सहयोग पुर्याउन प्रमुख प्रतिपक्षसहितका दललाई आग्रह गरियो ।”

स–सना विषय उठाएर सदन सञ्चालन गर्न नदिने प्रवृत्तिले लोकतन्त्र र सदनलाई बलियो तुल्याउन नसक्ने बताउँदै मुख्य सचेतक बर्तौलाले यसबीचमा दलहरूबीच हुने छलफल र परामर्शका आधारमा गत्यावरोध अन्त्य गर्ने विश्वास व्यक्त गरे । 

नेपाली कांग्रेसका श्यामकुमार घिमिरेले यही जेठ २० गतेदेखि बस्ने बैठकको क्यालेन्डर बनाउने विषयमा केन्द्रित रही छलफल भएको प्रतिक्रिया दिए । उनले भने, “प्रस्तुत बजेट र विनियोजन विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमै केन्द्रित रही छलफल भयो । कार्य  व्यवस्था समितिको बैठकले यसलाई पारित गर्ने छ  ।”

सदन सञ्चालन गर्ने सन्दर्भमा औपचारिक रुपमा छलफल नभएको बताउँदै उनले बजेट प्रस्तुत गर्ने विषयमा प्रमुख प्रतिपक्षले जिम्मेवार बोध गरेर सहजीकरण गरेकामा धन्यवादज्ञापन गर्दै पारित गर्ने विषयमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।
सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदे सहमतिपत्रमा सहमत भएपछि भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर...
नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका...
पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

“उहाँले पार्टी सभापति, चुनावको कमाण्डर र निर्वाचन पछि प्रधानमन्त्री माग गर्नु भयो” स्रोतले सिधाकुरासँग भन्यो, “कुरा यत्तिमै अडिग भएन । पार्टीको केन्द्रीय समितिमा ३० देखि ५० प्रतिशतसम्म हिस्सेदारी...

भर्खरै