नेभिगेशन
समाज

गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए । 

Ncell
Extreme Energy

उनले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ । 

कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनको सुझाव थियो । त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए । 

पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री पौडेलले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताउदै पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका अन्य नेताहरुले आ— आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।
परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्।
भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया,  स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

भर्खरै