नेभिगेशन
मुख्य समाचार

गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । 

बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए । 

उनले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ । 

कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनको सुझाव थियो । त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए । 

पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री पौडेलले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताउदै पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका अन्य नेताहरुले आ— आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...