नेभिगेशन
मुख्य समाचार

अण्डाको मूल्य प्रतिक्रेटमा १५ रूपैयाँ बढ्यो

चितवन ।  लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।
 
नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ । आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ । यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ ।
 
यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो । यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ । उनले भने, “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन् । तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन् ।”
 
पोखरेलले चर्को गर्मीका कारण अण्डा उत्पादनमा २५ प्रतिशतसम्म घटेको बताए । गर्मी मौसममा कुखुराले कम दाना खाने र उत्पादन घटाउने  बताउँछन् । यससँगै विभिन्न खालका रोगहरू देखा पर्ने गर्दछन् ।
 
पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले २५ हजार हाराहारीमा झरेको छ । गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न नसकेको बताए ।
 
अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ । नेपालमा अण्डा उत्पादन गर्दै आएका ७५ प्रतिशत हाराहारी किसान विस्थापित भइसकेका छन् । ठूला फार्महरू खुलेकाले मागलाई धान्न सकेको पोखरेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

नगरकोटबाट देखिएका हिमश्रृङ्खलाका मनोहर दृश्य(तस्बिरहरु)

काठमाडौं उपत्यकाबाट मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ ।
सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदेमा हस्ताक्षर गर्दै नेपाली कम्युनिष्ट पार्टीमा जोडिए रावल

सात बुँदे सहमतिपत्रमा सहमत भएपछि भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सम्झौतामा रावल र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर...
नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगबाट आधिकारिकता प्रदान

बुधबार आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाल संरक्षक चौधरीलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर चौधरीले केहि दिन अघि नयाँ दल दर्ताका...
पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

पार्टी कब्जा गर्ने प्रस्तावपछि भाँडिएको थियो रास्वपा–कुलमान संवाद

“उहाँले पार्टी सभापति, चुनावको कमाण्डर र निर्वाचन पछि प्रधानमन्त्री माग गर्नु भयो” स्रोतले सिधाकुरासँग भन्यो, “कुरा यत्तिमै अडिग भएन । पार्टीको केन्द्रीय समितिमा ३० देखि ५० प्रतिशतसम्म हिस्सेदारी...

भर्खरै