नेभिगेशन
समाज

गृहमन्त्रीको चर्को आलोचनापछि अख्तियारका डीआईजीको सरुवा एकाएक रोकियो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भिसिज भिसा सम्बन्ध फाइल हेरिरहेका डीआइजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार गृह मन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णय गर्दै अख्तियारमा कार्यरत डीआइजी श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाइएको थियो । 

Ncell
Extreme Energy


गृह मन्त्रीले उनको ठाउँमा विवादस्पद डीआइजी ओमबहादुर रानालाई पठाएका थिए । तर आफ्नो नाम जोडिएको भिजिट भिसा सम्बन्ध मुद्दा अनुसन्धान गरिरहेका डीआइजीलाई नै सरुवा गरेपछि गृहमन्त्रीको आलोचना चुलिएको छ । 


सामाजिक संजालमा चर्को आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले राति अर्को विज्ञप्ती निकाल्दै डीआइजीको सरुवा रोकेको जनाएको छ । साथै उनको ठाउँमा सरुवा गराइएको डीआइजी ओम रानालाई भने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...