नेभिगेशन
समाज

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

अमेरिकामा मौरीको घार बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनाका कारण ट्रकमा बोकिएको २५ करोड मौरी भागेका छन् । पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो । 

Ncell
Extreme Energy

ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ, अहिले २५ करोड मौरीहरू एक साथ भागेका छन् । मौरी भाग्ने क्रममा बिचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला । 

क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ ।

पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा परागण गर्न कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह

राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ–आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन,...
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सुनसरी जाँदै गृहमन्त्री सुधन गुरूङ

सुनसरी जाँदै गृहमन्त्री सुधन गुरूङ

प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर गृहमन्त्री गुरूङ सुनसरी हिँडेका छन् ।
आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम...