नेभिगेशन
समाज

हामीसँग सरकार डरायो, निषेधित क्षेत्रले हामीलाई फरक पर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै आफुहरुले सुरु गरेको आन्दोलन प्रभावकारी हुदै गएको निष्कर्ष निकालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफुहरुले सुरु गरेको आन्दोलन प्रभावकारी हुदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र शक्तिहरुको त्यहाँ प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो र सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो र हाम्रो कार्यक्रम उत्कर्षतर्फ गइरहेको छ भन्ने हो ।’, लिङ्देनले भने, ‘सरकारले गरेको निषेधित क्षेत्रले हामी दुखी हुनु भन्दा पनि हामीलाई उत्साहित तुल्याएको छ ।’ 

Ncell
Extreme Energy

प्रदर्शनलाइ रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफुहरु थप उत्साहित भएको जिकिर गरे । 

बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उनले बताए । ‘हिजो र अस्तीको कार्यक्रम उत्साहजनक रहेको र आगामी कार्यक्रम पनि अझ मजबुत बनाउने निर्णय भएको छ ।’, लिङ्देनले भने । 

अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजेपनि आफुहरुको आन्दोलन नरोकिने बताए । उनले जेठ १५ गते राजसंस्था पक्षधरहरुको शक्ति र गणतन्त्र पक्षधरहरुको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।