नेभिगेशन
समाज

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ।

निगमका अनुसार भारतबाट आयात हुने मूल्यमा वृद्धि भएकाले पेट्रोलियमको मूल्य बढाउनु परेको हो। नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ पुगेको छ।

तर, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट खरिद हुने इन्धनको मूल्य २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

CG

निगमले मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारमा भएका उतारचढाव तथा आपूर्तिको लागतलाई ध्यानमा राखेर गरिएको बताएकाे छ ।

oil-1748702499.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका...
प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

पहिलो चरणमा १० लाख नमुना मतपत्र छपाइ गरिने छ भने दोस्रो चरणमा समानुपातिक मतपत्र छपाइ हुने छ । समानुपातिकका लागि २ करोड ८ लाख मतपत्र छपाइ हुने आयोगले...
जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो...
यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

यी हुन् काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका एमालेका उम्मेदवार

एमालेका काठमाडौा जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए ।