नेभिगेशन
समाज

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ।

निगमका अनुसार भारतबाट आयात हुने मूल्यमा वृद्धि भएकाले पेट्रोलियमको मूल्य बढाउनु परेको हो। नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंबाट खरिद हुने इन्धनको मूल्य २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

Ncell
Extreme Energy

निगमले मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारमा भएका उतारचढाव तथा आपूर्तिको लागतलाई ध्यानमा राखेर गरिएको बताएकाे छ ।

oil-1748702499.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।