नेभिगेशन
समाज

बचतकर्ताको रकम हिनामिना प्रकरणमा कर्णाली विकास बैंकका अध्यक्ष पक्राउ

काठमाडौँ । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियाबाट पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भइ हाल नेपालगञ्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

CG

रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा निर्वाचनको तयारी तीव्र

चितवनमा निर्वाचनको तयारी तीव्र

यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना...
‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका...
प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

पहिलो चरणमा १० लाख नमुना मतपत्र छपाइ गरिने छ भने दोस्रो चरणमा समानुपातिक मतपत्र छपाइ हुने छ । समानुपातिकका लागि २ करोड ८ लाख मतपत्र छपाइ हुने आयोगले...
जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो...