नेभिगेशन
समाज

एकैपटक ६४ वटा पक्की सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ६४ वटा पक्की सडकको शिलान्यास गर्ने भएका छन् । ओलीले मधेश प्रदेशका ८ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा एकैपटक ६४ वटा पक्की सडकको डिजिटल रूपमा शिलान्यास गर्ने भएका हुन् । 

उनले आइतबार जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आयोजनाको शिलान्यास गर्ने जनाइएको छ । 

ओलीले शिलान्यास गर्ने प्रत्येक सडक पाँच किलोमिटर लम्बाइ र साढे ५ मिटर चौडाइको हुनेछन्। कुल ३२० किलोमिटर सडक निर्माणका लागि १२७० करोड रुपैयाँ खर्च हुने अनुमान छ।

यी सडक तीन आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विश्व बैंकको सहयोगमा यो आयोजना एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत अघि बढाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...