नेभिगेशन
समाज

डोटीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, आठ घाइते

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

CG

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा निर्वाचनको तयारी तीव्र

चितवनमा निर्वाचनको तयारी तीव्र

यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना...
‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका...
प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम

पहिलो चरणमा १० लाख नमुना मतपत्र छपाइ गरिने छ भने दोस्रो चरणमा समानुपातिक मतपत्र छपाइ हुने छ । समानुपातिकका लागि २ करोड ८ लाख मतपत्र छपाइ हुने आयोगले...
जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो...