नेभिगेशन
मुख्य समाचार

वाइसिएललाई प्रचण्डको निर्देशनः राजावादी आइलागे भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । प्रचण्डले राजावादीहरुले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाए । 

CG

‘अहिले राजावादीहरु पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्’, उनले भने ।

उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सवै जनताको भएको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कुप्रचार गरिरहेको उनले बताए । 

त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनबिरुद्ध संघर्ष गर्दै गणतन्त्रको बिकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चूनौति माओवादीको काँधमा रहेको उल्लेख गरे । उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए । 

प्रचण्डले आफुहरुको अभियान फेरी सुरु हुने र जनतासंग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।