नेभिगेशन
मुख्य समाचार

सार्वजनिक यातायातको हड्तालपछि नेपाल प्रहरीले चलायो निःशुल्क बस

काठमाडौँ । राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालिन हड्ताल घोषणा गरेपछि नेपाल प्रहरीले काठमाडौँका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीले सोमबारबाट गरेको हड्तालका कारण यात्रुहरुलाई समस्या परेको भन्दै प्रहरीले बस सेवा सञ्चालन गरेको हो । 

नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा सेवा सञ्चालन गरेको छ । जसमा एउटा रुट नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुलचोक–जयनेपाल हल–नक्साल–बालुवाटार–टिचिङ–चक्रपथसम्म रहेको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै प्रहरीले अर्को रुटमा समेत बस चलाउने भएको छ । सो रुट एअरपोर्ट हुँदै कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक सम्म पुगेर पुनः सोही रुटबाट फर्किएर गौशाला–चावहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार–नक्साल–रातोपुल हुँदै गौशाला पुग्ने बताइएको छ ।

सार्वजनिक यातायात व्यवसायीहरुले गरेको बन्दका कारण सर्वसाधारण यात्रुहरू, कार्यालय जानेहरूलाई समस्या परेको र उनीहरुलाई सेवा दिन बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ । 

500238791_1023630443232812_2855515829949812657_n-1748843667.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुराः दिनभर देशमा के के भयो ?

आजका कुराः दिनभर देशमा के के भयो ?

बिहारका मुख्यमन्त्रीले जिम्मा लिने ? | राजु पाण्डे निलम्बित | भिजिट भिसाः हरि ढकालसँग प्रमाणको चाङ |
यातायात व्यवसायीको आन्दोनल फिर्ता, चल्न थाले गाडी

यातायात व्यवसायीको आन्दोनल फिर्ता, चल्न थाले गाडी

यातायात व्यवसायी र संघीय सरकारको सहमती अनुसार गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सम्बन्धी नियमावली स्थगीत गरेपछि आन्दोलन पनि फिर्ता गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले एक महिनाका लागि स्थगन गर्यो राइड सेयरिङ नियमावली

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि स्थगन गर्यो राइड सेयरिङ नियमावली

एक महिनासम्म पनि सहमती नभए नियमावली लागू हुने मन्त्री गुरुङले दाबी गरेका छन् । गण्डकी प्रदेशले गत बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन...
नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

आज तीन सय १५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ६७ करोड ९५ लाख ६१...