नेभिगेशन
समाज

सार्वजनिक यातायातको हड्तालपछि नेपाल प्रहरीले चलायो निःशुल्क बस

काठमाडौँ । राइड सेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले अनिश्चितकालिन हड्ताल घोषणा गरेपछि नेपाल प्रहरीले काठमाडौँका विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । यातायात व्यवसायीले सोमबारबाट गरेको हड्तालका कारण यात्रुहरुलाई समस्या परेको भन्दै प्रहरीले बस सेवा सञ्चालन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले काठमाडौंका विभिन्न रुटमा सेवा सञ्चालन गरेको छ । जसमा एउटा रुट नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुलचोक–जयनेपाल हल–नक्साल–बालुवाटार–टिचिङ–चक्रपथसम्म रहेको छ । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले अर्को रुटमा समेत बस चलाउने भएको छ । सो रुट एअरपोर्ट हुँदै कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक सम्म पुगेर पुनः सोही रुटबाट फर्किएर गौशाला–चावहिल–सुकेधारा–चक्रपथ–टिचिङ–बालुवाटार–नक्साल–रातोपुल हुँदै गौशाला पुग्ने बताइएको छ ।

सार्वजनिक यातायात व्यवसायीहरुले गरेको बन्दका कारण सर्वसाधारण यात्रुहरू, कार्यालय जानेहरूलाई समस्या परेको र उनीहरुलाई सेवा दिन बस सेवा सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ । 

500238791_1023630443232812_2855515829949812657_n-1748843667.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...