नेभिगेशन
मुख्य समाचार

पर्यटक बस सञ्चालनमा

काठमाडौँ ।  यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर  पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।

Dish Home
Global Ime Bank

‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिए ।

  “विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उनले भने । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा  प्रदान गर्ने उनको भनाई । 

 नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताए । उनले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए। यस्तो आन्दोलनले मुलुकको समग्र पर्यटन व्यवसायमा असर पर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्मक सन्देश जाने उनको भनाई छ।

  यातायात व्यवसायी तथा मजदुरले गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित नीजि सवारीसाधनलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै एक हप्तादेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आजदेखि आफ्नो सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनचाँदीको मूल्य सामान्य वृद्धि

सुनचाँदीको मूल्य सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण...
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर

बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका साथ सार्वजनिक रुपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एकप्रति मात्रै प्रकाशित गरेको पाइएको आयोगको आरोप छ ।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल...
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्र के छ ?

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना, अन्यत्र के छ ?

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...