नेभिगेशन
समाज

सार्वजनिक यातायात ठप्प हुँदा पनि रोकिएन रवि लामिछानेले सञ्चालन गरेको ‘ब्लु बस’ (भिडियाेसहित)

काठमाडौँ । देशभरका सार्वजनिक यातायात ठप्प हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गरेको ब्लु बस बन्द भएको छैन । सार्वजनिक यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गरेको यातायात हड्तालका कारण देशभरका सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । तर लामिछानेले चितवन २ मा सञ्चालन गरेको ब्लु बसले भने निरन्तर सेवा दिइरहेको छ ।

यातायात बन्दले सडकमा घण्टौँ उभिएका यात्रुहरुलाई बसले विभिन्न स्थानमा पुर्याएको छ । अरु दिनमा महिला र वृद्ध वृद्धालाई बोक्ने सो बसले आज भने सबै सर्वसाधारणलाई सेवा प्रदान गरेको छ । 

CG

सभापति लामिछानेले महिलाका लागि लक्षित गर्दै १७ साउन २०८० बाट चितवनमा निःशुल्क ‘ब्लुबस’ सञ्चालन ल्याएका थिए । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा उनले ब्लु बस सेवाको उद्धाटन र सञ्चालन सुचारु गरेका थिए । 

उक्त ब्लुबसले चितवन २ का विभिन्न क्षेत्रहरुमा सेवा सञ्चालन गर्दै आएको छ । उक्त बसमा वृद्धा र महिलाहरुका लागि सेवा निशुल्क गरिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै