नेभिगेशन
मुख्य समाचार

प्रचण्डलाई गृहमन्त्रीको राजीनामा नमाग्न प्रधानमन्त्री र देउवाको आग्रह, बैठक निष्कर्षविहिन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताको सिंहदरबारमा बसेको बैठक निष्कर्षविहिन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदको अवरोध अन्त्य गर्न भन्दै प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहिन भएको हो । 

आजको बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण फगत कर्मचारीको विषय भएको र गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए । सत्तापक्षले सो अडान राखेपनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सुशासनलाई केन्द्रित गर्नुपर्ने भन्दै आफ्नो अडान राखेको माओवादी केन्द्रका प्रमुख सचेत हितराज पाण्डेले जानकारी दिए । ‘आजको बैठकमा संसद्को गतिरोध कसरी अन्त्य गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल मात्रै भयो, कुनै ठोस निर्णय हुन सकेन ।’, उनले थपे, ‘सत्तापक्ष दलहरूले अब राजीनामा होइन संसद खोलेर अगाडि बढ्नुपर्छ भनेर आग्रह गर्नुभयो । हाम्रो तर्फबाट हामीले जसरी सुशासनलाई केन्द्रित गरेर यो विषयवस्तु राखेका छौं, यो सुशासनको विषय चाहिँ महत्त्वपूर्ण हो भन्नेमा  अडान राख्याैँ । अरु नयाँ विषयवस्तु केही पनि भएन। छलफल गर्दै जाने सहमति भएको छ ।’

CG

त्यस्तै उनले सत्तापक्षले भिजिट भिसा प्रकरण कर्मचारीको विषय भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान राखेको बताए । त्यस्तै आजको बैठकमा राजावादी शक्तिहरुको गतिविधिको विषयमा पनि कुराकानी भएको र त्यसका विरुद्ध शसक्त ढंगले लाग्नुपर्ने विषयमा छलफल भएको पाण्डेले बताए । 

Prachanda-1-1748867761.jpg

Prachanda-1748867761.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै