नेभिगेशन
समाज

प्रचण्डलाई गृहमन्त्रीको राजीनामा नमाग्न प्रधानमन्त्री र देउवाको आग्रह, बैठक निष्कर्षविहिन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शिर्ष नेताको सिंहदरबारमा बसेको बैठक निष्कर्षविहिन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदको अवरोध अन्त्य गर्न भन्दै प्रधानमन्त्रीले बोलाएको बैठक निष्कर्षविहिन भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण फगत कर्मचारीको विषय भएको र गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए । सत्तापक्षले सो अडान राखेपनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सुशासनलाई केन्द्रित गर्नुपर्ने भन्दै आफ्नो अडान राखेको माओवादी केन्द्रका प्रमुख सचेत हितराज पाण्डेले जानकारी दिए । ‘आजको बैठकमा संसद्को गतिरोध कसरी अन्त्य गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल मात्रै भयो, कुनै ठोस निर्णय हुन सकेन ।’, उनले थपे, ‘सत्तापक्ष दलहरूले अब राजीनामा होइन संसद खोलेर अगाडि बढ्नुपर्छ भनेर आग्रह गर्नुभयो । हाम्रो तर्फबाट हामीले जसरी सुशासनलाई केन्द्रित गरेर यो विषयवस्तु राखेका छौं, यो सुशासनको विषय चाहिँ महत्त्वपूर्ण हो भन्नेमा  अडान राख्याैँ । अरु नयाँ विषयवस्तु केही पनि भएन। छलफल गर्दै जाने सहमति भएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सत्तापक्षले भिजिट भिसा प्रकरण कर्मचारीको विषय भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने अडान राखेको बताए । त्यस्तै आजको बैठकमा राजावादी शक्तिहरुको गतिविधिको विषयमा पनि कुराकानी भएको र त्यसका विरुद्ध शसक्त ढंगले लाग्नुपर्ने विषयमा छलफल भएको पाण्डेले बताए । 

Prachanda-1-1748867761.jpg

Prachanda-1748867761.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...