नेभिगेशन
समाज

पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

काभ्रे । काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोककुमार गौतम, पुलका पाटपुर्जा चोरीको आरोपमा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोशी गाउँपालिका ७ र नमोबुद्ध नगरपालिका ६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। खोलाले बगाएको पुलका फलामे पार्टपुर्जा चोरी गरी विक्री गरेको आरोपमा सोमबार वडाअध्यक्ष गौतम पक्राउ परेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy


जेठ १२ गते पक्राउ परेको ४ जनालाई थप अनुसन्धान गर्ने क्रममा सोमबार वडा अध्यक्ष गौतम पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए । 


प्रहरीका अनुसार चोरी गरि विक्री गरेको सामान दुई वटा टिपरमा लोड गर्दैगर्दा  भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा  पक्राउ परेका थिए  

अहिले वडा अध्यक्ष सहित पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।