नेभिगेशन
समाज

पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

काभ्रे । काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोककुमार गौतम, पुलका पाटपुर्जा चोरीको आरोपमा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोशी गाउँपालिका ७ र नमोबुद्ध नगरपालिका ६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। खोलाले बगाएको पुलका फलामे पार्टपुर्जा चोरी गरी विक्री गरेको आरोपमा सोमबार वडाअध्यक्ष गौतम पक्राउ परेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy


जेठ १२ गते पक्राउ परेको ४ जनालाई थप अनुसन्धान गर्ने क्रममा सोमबार वडा अध्यक्ष गौतम पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए । 


प्रहरीका अनुसार चोरी गरि विक्री गरेको सामान दुई वटा टिपरमा लोड गर्दैगर्दा  भारतका ३२ वर्षीय मन्टु कुमार, सर्लाहीका ३९ वर्षीय जितेन्द्र पासवान, टिपर चालकहरू काभ्रेका ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामा  पक्राउ परेका थिए  

अहिले वडा अध्यक्ष सहित पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...