नेभिगेशन
मुख्य समाचार

भिजिट भिसाको सेटिङमा पैसा बुझाइएको १२ सय प्रमाण आईपुगेको छः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा रकम उठाइएको आफूलाई मात्र १२ सय भन्दा बढी प्रमाण आएको बताएका छन् । उनले सोही अनुपातमा शिशिर खनाल, सोविता गौतमलाई पनि गुनासो आएको उनको भनाई छ । 

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सो बारे जानकारी गराएका हुन् । उनले यी प्रमाणबाट यसको जरोसम्म पुग्न सकिने बताएका हुन् । 

CG

‘भिजिट भिसा प्रकरणमा मेरोमा मात्रै १२ भन्दा बढी पैसा बुझाएका प्रमाणहरु आएका छन् । मान्य शिशिरको मा उस्तै छन्, सोविताकोमा उस्तै छन् । त्यसमा के देखिएको छ भने भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदोरहेछ । एउटा दलालाई बुझाउने रकम हुँदो रहेछ । दलालाई बुझाउने रकम पनि कुनै क्यासमा, कुनै बैंक ट्रान्जेक्सन गरिएको छ । र एयरपोर्टमा बुझाउँदा प्रयाजसो नगदमा कारोबार भएको रहेछ ।’ उनले भने । 

उनले भिजिट भिसा प्रकरणमा दलालहरुलाई बुझाएको रकमको प्रमाणहरु आफूसँग आईपुगेको बताए । उनले यस विषयमा छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने माग राखे । र यो प्रकरणमा गृहमन्त्री समेत जोडिाएकाले उनले दवाव, प्रभाव पार्न सक्ने भएकोले उनले राजीनामा दिनुपर्ने बताए । 

भिजिट प्रकरण सहतमा आएपछि रास्वपाका सांसदहरुले पीडितहरुका लागि ह्वाट्एप नम्बर र इमेल सार्वजनिक गरेर प्रमाण संकलन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु...
बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA...
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

बिहानै ५ बजेदेखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्रको श्रृङ्गार गर्दैछन् ।
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको...