नेभिगेशन
समाज

भिजिट भिसाको सेटिङमा पैसा बुझाइएको १२ सय प्रमाण आईपुगेको छः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा रकम उठाइएको आफूलाई मात्र १२ सय भन्दा बढी प्रमाण आएको बताएका छन् । उनले सोही अनुपातमा शिशिर खनाल, सोविता गौतमलाई पनि गुनासो आएको उनको भनाई छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सो बारे जानकारी गराएका हुन् । उनले यी प्रमाणबाट यसको जरोसम्म पुग्न सकिने बताएका हुन् । 

Ncell
Extreme Energy

‘भिजिट भिसा प्रकरणमा मेरोमा मात्रै १२ भन्दा बढी पैसा बुझाएका प्रमाणहरु आएका छन् । मान्य शिशिरको मा उस्तै छन्, सोविताकोमा उस्तै छन् । त्यसमा के देखिएको छ भने भिजिट भिसामा जानको लागि एयरपोर्टमा बुझाउने एउटा रकम हुँदोरहेछ । एउटा दलालाई बुझाउने रकम हुँदो रहेछ । दलालाई बुझाउने रकम पनि कुनै क्यासमा, कुनै बैंक ट्रान्जेक्सन गरिएको छ । र एयरपोर्टमा बुझाउँदा प्रयाजसो नगदमा कारोबार भएको रहेछ ।’ उनले भने । 

उनले भिजिट भिसा प्रकरणमा दलालहरुलाई बुझाएको रकमको प्रमाणहरु आफूसँग आईपुगेको बताए । उनले यस विषयमा छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग बनाउनुपर्ने माग राखे । र यो प्रकरणमा गृहमन्त्री समेत जोडिाएकाले उनले दवाव, प्रभाव पार्न सक्ने भएकोले उनले राजीनामा दिनुपर्ने बताए । 

भिजिट प्रकरण सहतमा आएपछि रास्वपाका सांसदहरुले पीडितहरुका लागि ह्वाट्एप नम्बर र इमेल सार्वजनिक गरेर प्रमाण संकलन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...