नेभिगेशन
समाज

सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु अनुचितः यातायातमन्त्री

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थीत गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए  । मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरु राख्दै जिम्मेवार भएर अघि बढ्न यातयात व्यवसायीलाई आग्रह समेत गरे । 

बैठकमा समिति सदस्यहरुले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरि कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई व्युताउने गरि भएको भन्दै आपत्ति जनाए । राइड सेयरिङका बिषयमा गण्डकी प्रदेशले गरेको निर्णय सहि भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्वन गर्नुपर्ने उनले बताए । 

त्यस्तै समिति सदस्य माधव सापकोटाले यातायात व्यवसायीसँग भएको सम्झौताप्रति अन्यौल देखिएकाले सरकारले प्रष्टता साथ सहमतिको जानकारी गराउनुपर्ने बताए । 

त्यस्तै समिति सदस्य दयालबहादुर शाहीले यातायात व्यवसायीको सरकार डराउन नहुने भन्दै नाजायज माग सम्बोधन गर्न नहुने बताए । 

त्यस्तै अन्य समिति सदस्यहरुले यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गर्दा सर्वसाधारणलाई सास्ती भएकाले छिटो निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...