नेभिगेशन
मुख्य समाचार

सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु अनुचितः यातायातमन्त्री

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको बताएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठकमा मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानून मार्फत व्यवस्थीत गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन् ।

CG

उनले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनले बताए  । मन्त्री दाहालले सरकारसँग आफ्ना कुराहरु राख्दै जिम्मेवार भएर अघि बढ्न यातयात व्यवसायीलाई आग्रह समेत गरे । 

बैठकमा समिति सदस्यहरुले सिण्डिकेटलाई प्रोत्साहन गर्ने गरि कुनै सहमति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच भएको सहमति सिण्डिकेटलाई व्युताउने गरि भएको भन्दै आपत्ति जनाए । राइड सेयरिङका बिषयमा गण्डकी प्रदेशले गरेको निर्णय सहि भएकाले यसलाई अन्य प्रदेशमा पनि अवलम्वन गर्नुपर्ने उनले बताए । 

त्यस्तै समिति सदस्य माधव सापकोटाले यातायात व्यवसायीसँग भएको सम्झौताप्रति अन्यौल देखिएकाले सरकारले प्रष्टता साथ सहमतिको जानकारी गराउनुपर्ने बताए । 

त्यस्तै समिति सदस्य दयालबहादुर शाहीले यातायात व्यवसायीको सरकार डराउन नहुने भन्दै नाजायज माग सम्बोधन गर्न नहुने बताए । 

त्यस्तै अन्य समिति सदस्यहरुले यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गर्दा सर्वसाधारणलाई सास्ती भएकाले छिटो निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु...
बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA...
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

बिहानै ५ बजेदेखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्रको श्रृङ्गार गर्दैछन् ।
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको...