नेभिगेशन
मुख्य समाचार

मनिष झाको प्रश्नः ‘भिजिट भिसामा मुछिएका कर्मचारीको जिम्मा बिहारका मुख्यमन्त्रीले लिन्छन् ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा आफ्नो अडान कामय राखेको छ । गृहमन्त्रालयको प्रत्यक्ष संलग्नतामा उक्त प्रकरण भएको भन्दै रास्वपाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उक्त घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने मागमा आफ्नो अडान कायम राखेको हो । अख्तियारले अनुसन्धान गरिरहेको विषयमा उसको दायरा कर्मचारीमा मात्र सिमित हुने भएकाले उच्च स्तरीय आयोगको माग गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

सरकारपक्षले कर्मचारीको बदनियतका कारण उक्त प्रकरण भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको उनको भनाई छ । 

CG

‘उहाँहरुले कर्मचारी त समातिएको हो नि भनिरहनुभएको छ । कर्मचारी त यही देशको समातिएको हो नी । त्यो कर्मचारीको जिम्मा बिहारको मुख्यमन्त्रीले लिन्छ ? कि यही देशको सरकारले लिने हो ? प्रश्न सोध्न पाइदैन हामीले ? यही देशको सरकारको कर्मचारीले ठगिरहेको रहेछ भनेर नैतिक जिममेवारी लिनुपपर्दैन ?’ झा ले भने । 

उनले आफूहरु एउटा नेताको पछि लागेको नभएर प्रकरण रोक्ने प्रयन्त गरिरहेका स्पस्ट पारेका छन् । ‘यसमा बर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिलेसम्म सकारात्मक बडी ल्याङ्ग्वेज देखाउनुपरथ्र्यो तर त्यसो हुन सकेन । समस्या त छ नी । समस्या छैन भनेर कसैले भन्न सक्नुहुन्छ ? नेपाली ठगिएको छैन भनेर कसैले भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु...
बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

बब्लु गुप्तालाई आमन्त्रण गरिएको छैन, हाम्रो संस्थाको नाममा मानव तस्करी भएको विश्वसनीय जानकारी छः एनआरएनए अमेरिका

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं। साथै, NRNA NCC USA...
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र

बिहानै ५ बजेदेखि कार्यकर्ताहरु चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्रको श्रृङ्गार गर्दैछन् ।
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गत कात्तिक २१ गते केन्द्रमा रहेको...