नेभिगेशन
समाज

मनिष झाको प्रश्नः ‘भिजिट भिसामा मुछिएका कर्मचारीको जिम्मा बिहारका मुख्यमन्त्रीले लिन्छन् ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा आफ्नो अडान कामय राखेको छ । गृहमन्त्रालयको प्रत्यक्ष संलग्नतामा उक्त प्रकरण भएको भन्दै रास्वपाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उक्त घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने मागमा आफ्नो अडान कायम राखेको हो । अख्तियारले अनुसन्धान गरिरहेको विषयमा उसको दायरा कर्मचारीमा मात्र सिमित हुने भएकाले उच्च स्तरीय आयोगको माग गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारपक्षले कर्मचारीको बदनियतका कारण उक्त प्रकरण भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको उनको भनाई छ । 

Ncell
Extreme Energy

‘उहाँहरुले कर्मचारी त समातिएको हो नि भनिरहनुभएको छ । कर्मचारी त यही देशको समातिएको हो नी । त्यो कर्मचारीको जिम्मा बिहारको मुख्यमन्त्रीले लिन्छ ? कि यही देशको सरकारले लिने हो ? प्रश्न सोध्न पाइदैन हामीले ? यही देशको सरकारको कर्मचारीले ठगिरहेको रहेछ भनेर नैतिक जिममेवारी लिनुपपर्दैन ?’ झा ले भने । 

उनले आफूहरु एउटा नेताको पछि लागेको नभएर प्रकरण रोक्ने प्रयन्त गरिरहेका स्पस्ट पारेका छन् । ‘यसमा बर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिलेसम्म सकारात्मक बडी ल्याङ्ग्वेज देखाउनुपरथ्र्यो तर त्यसो हुन सकेन । समस्या त छ नी । समस्या छैन भनेर कसैले भन्न सक्नुहुन्छ ? नेपाली ठगिएको छैन भनेर कसैले भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...