नेभिगेशन
समाज

गृहमन्त्रीको बचाउमा कांग्रेस, महामन्त्री र प्रमुख सचेतक भन्छन् – उजुरी नपरि किन दिने राजीनामा ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको बिषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरुले राखेको बिषयलाई प्रधानमन्त्रीले गम्भीर भएर सम्वाद गर्नुपर्ने बताएका छन् । 

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणमा गहिरोसंग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानविन हुनुपर्ने उनले बताए । शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रुपमा पद त्याग गर्नुपर्ने भएपनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे । 'अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ, तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नुपर्छ ।', शर्माले भने । 

कर्मचारीमाथि अनुसन्धान भइरहदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए । 

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए । मंगलबार दलहरुबीचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानविन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए । उनले छानविन समिति गठन गरेपनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोहि मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे ।

उनले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग जायज नरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।