नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणले संसद बैठक अस्तव्यस्त, विपक्षीले अडान नछोडेपछि आजपनि समयमा बस्न सकेन बैठक

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षीको अडानले संसद बैठक अस्तव्यस्त बनेको छ । गृहमन्त्रीले राजीनामा र छानबिन समिति नबनाउन्जेलसम्म संसद चल्न नदिने विपक्षी दलहरुको अडानका कारण बुधबारका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको छैन । 

आज दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभाको बैठक लामो सयमसम्म चल्न सकेको छैन । सत्तापक्ष दलहरुको गृहमन्त्रीले राजीनामा र छानबिन समिति बनाउन नहुने माग र विपक्षीहरुको अडानका कारण बैठक बस्न नसकेको हो । 

बैठक चल्न नसक्ने देखिएपछि सभामुख देवराज घिमिरेले दलहरुबिच छलफल सुरु गरेका छन् । यदि दलहरुबिच सहमति भएमात्रै संसद बैठक चल्ने देखिएको छ । 

मंगलबार पनि विपक्षीको सोही अडान र सत्तापक्षको गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने मागका कारण संसद बैठक बस्दै नबसी स्थगित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...