नेभिगेशन
मुख्य समाचार

सरकारका प्रवक्ता भन्छन्, ‘गृहमन्त्रीले उत्तर दिए पुग्छ, राजीनामा पर्दैन’

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । 

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् । उनले प्रतिपक्षीले उठाएका बिषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । ‘गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको उत्तर दिएपछि पुग्छ किनकि गृहमन्त्रीका विरुद्धमा कुनै ठोस प्रमाण नभएको, छानबिन समिति गठन भएर गृहमन्त्रीमाथि छानबिन गर्ने प्रक्रिया नबेनेको हुनाले जुन आग्रहका आधारमा गृहमन्त्रीको राजीनामा माग गरिराखिएको छ, यो चाहीँ उचित हैन । गृहमन्त्रीले चाहीँ संसदमा उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि संसद खुल्नुपर्छ ।’, सरकारका प्रवक्ता गुरुङ्ले भने । 

CG

दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनले बताए । 

प्रवक्ता गुरुङले प्रेस काउन्सिललाई समावेशी बनाउँदै लैजान सरकार प्रतिवद्ध रहेको भन्दै अहिले विभिन्न कारणले समावेशी बनाउन नसकिएको उल्लेख गरे । 

त्यस्तै जेठ १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए । जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको उनले बताए । 

त्यस्तै असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै