नेभिगेशन
समाज

पर्वतमा जेठदेखि नै सुरु भयो धान र कोदो रोपाइँ

पर्वत । मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाइँ सुरु भएको हो भने अन्य स्थानमा कोदो रोपाइँ सुरु भएका छ । गत वर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष भने मध्य जेठमा नै धान र कोदो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

Ncell
Extreme Energy

कुश्मा नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाको खाली रहेका क्षेत्रमा कृषकहरूले धानखेती सुरु गरेका छन् । मनसुन समयमा नै भित्रिएको र केही समय ढिलाइ गरेर धान रोपाइँ कार्य सुरु गर्दा जनशक्तिको अभाव हुने भएकाले पनि सुरुमा नै रोपाइँ सुरु गरिएको कुश्मा–१४ आर्थरडाँडाखर्कका कृषक चन्द्रबहादुर क्षेत्रीले बताए ।

पर्वतमा सात हजार ६२८ हेक्टर क्षेत्रफलमा वर्खे धान रोपाइँ हुने गरेको छ । उच्च पहाडी, मध्य पहाडी र समथर भूभाग समेटेको पर्वतमा विशेषत सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा २७ हजार मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिए । धानखेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको सुवेदीले बताए ।

फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धानखेती हुने गरेको छ । धानसँगै कोदो रोपाइँमा समेत कृषकलाई भ्याइनभ्याइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कतिपय ठाउँमा कोदो रोपाइँ सकेपछि मात्र धान रोपाइँ सुरु गरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...