नेभिगेशन
समाज

लोखर्के र काग जुध्दा सिंहदरबारमा विद्युत अवरुद्ध

काठमाडौँ । लोखर्के र काग जुध्दा देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा विद्युत् आपूर्ति बन्द भएको छ । बुधबार सिंहदरबारमा विद्युत आपूर्ति गर्ने फिडर लाइनमा काग र लोखर्के जुधेका कारण तार जोडिएर विद्युत अवरुद्ध भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार दिउँसो उक्त क्षेत्रमा लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । ‘त्यहाँको तारमा काग र लोखर्के जुध्दा दुई तार जोडिएर विद्युत अवरुद्ध भएको हो ।’, प्रवक्ता ढकालले सिधाकुरासँग भने, ‘हामीले मरेको अवस्थामा भेटिएका काग र लोखर्केलाई निकालेर विद्युत सुचारु गर्ने प्रयासमा छौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सिंहदरबारका अधिकांश कार्यालयका बत्ती गएपनि प्रधानमन्त्री कार्यालयमा भने विद्युत अवरुद्ध नभएको जनाए । प्रधानमन्त्री कार्यालयमा छुट्टै फिडर भएका कारण विद्युत् अवरुद्ध नभएको उनको भनाई छ । 

केही समयदेखि सिंहदरबारमा बत्ती जाँदा सबै कामहरु प्रभावित बनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग

बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट Academia–Industry Cooperation विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सशमित पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

पहिले जग्गा छैन भनी स्वघोषणा गरिएका उनीहरुको जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम,...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

बिहीवार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही...
पाण्डाको एउटा छुट्टै संसार : विश्वलाई छेन्दुले सिकाइरहेको पाठ

पाण्डाको एउटा छुट्टै संसार : विश्वलाई छेन्दुले सिकाइरहेको पाठ

कोही पानीको फोहरानजिक खेलिरहेका छन् भने कोही गुफाभित्र पसेर केहीबेरका लागि आँखाबाटै ओझेल भइरहेका । कस्तो प्राकृतिक वातावरण दिएको ! चिडियाघरमा कैद छु भन्ने आभास नै नगराएको !