नेभिगेशन
समाज

राष्ट्रियसभामा पनि मागियो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गरिन् । “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उनले भनिन्, “छानबिनमा सत्तारुढ दल एमाले र कांगे्रेसले पनि सहयोग गर्नुपर्छ ।”

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै