नेभिगेशन
समाज

विपक्षीले मागेजस्तो गृहमन्त्रीले राजीनामा पनि दिनुहुँदैन, छानबिन समिति पनि बन्दैनः महेश बर्तौला

काठमाडौँ । सत्तापक्ष दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबनाउने अडान लिएको छ । विपक्षी दलहरुले अपरिवक्क ढंगले गृहमन्त्रीको राजीनामा मागेका कारण त्यो सम्भव नहुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

बुधबार संसद बैठक स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले गृहमन्त्रीले संंसदबाट जवाफ दिन्छु भन्दा अवसर नदिइनु आपत्तिजनक रहेको बताए । ‘माननीय गृहमन्त्रीज्यूका विषयमा सार्वजनिक रुपमा कसैले प्रश्न गर्यो । त्यो प्रश्नको जवाफ संसदबाट दिन्छु भनेर पटकपटक भन्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहनुभएको छैन ।’, बर्तौलाले भने, ‘माननीय गृहमन्त्रीज्यूको राजीनामा पनि हुने कुरा छैन । अहिले उहाँहरुले भनेजस्तो कुनै समिति बन्ने कुरा पनि हुन सक्दैन ।’

CG

त्यस्तै उनले विपक्षी दलहरुले अपरिपक्क माग राखेको बताए । उक्त मागबाट पछि हट्नुपर्ने बर्तौलाको धारणा छ । उनले भने, ‘उहाँहरुले जसरी अपरिपक्क तरिकाले माग राख्नुभयो, विषय राख्नुभयो, उहाँहरुले त्यसलाई पुनर्विचार गर्नुपर्छ । उहाँहरु त्यो मागबाट पछि हट्नपर्छ । संसदको गतिरोध अन्त्य गर्न उहाँहरुले भुमिका निभाउनुपर्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै