नेभिगेशन
समाज

विपक्षीले मागेजस्तो गृहमन्त्रीले राजीनामा पनि दिनुहुँदैन, छानबिन समिति पनि बन्दैनः महेश बर्तौला

काठमाडौँ । सत्तापक्ष दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबनाउने अडान लिएको छ । विपक्षी दलहरुले अपरिवक्क ढंगले गृहमन्त्रीको राजीनामा मागेका कारण त्यो सम्भव नहुने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार संसद बैठक स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले गृहमन्त्रीले संंसदबाट जवाफ दिन्छु भन्दा अवसर नदिइनु आपत्तिजनक रहेको बताए । ‘माननीय गृहमन्त्रीज्यूका विषयमा सार्वजनिक रुपमा कसैले प्रश्न गर्यो । त्यो प्रश्नको जवाफ संसदबाट दिन्छु भनेर पटकपटक भन्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहनुभएको छैन ।’, बर्तौलाले भने, ‘माननीय गृहमन्त्रीज्यूको राजीनामा पनि हुने कुरा छैन । अहिले उहाँहरुले भनेजस्तो कुनै समिति बन्ने कुरा पनि हुन सक्दैन ।’

Ncell
Extreme Energy

त्यस्तै उनले विपक्षी दलहरुले अपरिपक्क माग राखेको बताए । उक्त मागबाट पछि हट्नुपर्ने बर्तौलाको धारणा छ । उनले भने, ‘उहाँहरुले जसरी अपरिपक्क तरिकाले माग राख्नुभयो, विषय राख्नुभयो, उहाँहरुले त्यसलाई पुनर्विचार गर्नुपर्छ । उहाँहरु त्यो मागबाट पछि हट्नपर्छ । संसदको गतिरोध अन्त्य गर्न उहाँहरुले भुमिका निभाउनुपर्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै