नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप हो, गृहमन्त्रीले राजीनामा दिनैपर्छः माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप भएको बताएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप भएको भन्दै गृहमन्त्री रमेश लेखकले मार्ग प्रसस्त गर्नुपर्ने बताएका हुन् । 

आफूहरुले उक्त विषय देशको सुशासनसँग जोडिएको विषय भएका कारण उठाइरहेको बताउँदै उनले भने, ‘भुटानी शरणार्थी प्रकरणले हाम्रो शिर जसरी निहुराएको छ । यसमा पनि त्यस्तै विषयवस्तु यसमा पनि आइरहेको देखिन्छ । यो विषयवस्तु सामान्य छैन । त्यसकारणले माननीय गृहमन्त्रीज्यूले मार्ग प्रशस्त गरिदिनुपर्छ यसको छानबिन गरिनुपर्छ । यसको टुङ्गो लगाउनुपर्छ ।’

CG

त्यस्तै उनले आफूहरुले गृहमन्त्रीलाई आरोप लगाएको नभई त्यो सबै निकायको जिम्मेवार निकाय गृह मन्त्रालय भएका कारण गृहमन्त्रीसँग सो विषय जोडिएको बताए । ‘हामीले अहिले नै गृहमन्त्रीलाई आरोप लगाइहालेका छैनौँ। तर पनि त्यो सबैको केन्द्र त गृह मन्त्रालय नै हो। अध्यागमन विभाग गृह मन्त्रालय मातहत नै हो। त्यसकारणले गृहमन्त्री र गृह मन्त्रालयले यो विषय हेर्नुपर्छ भन्ने विषय हामीले उठाइरहेका छौं ।’, पाण्डेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै