नेभिगेशन
समाज

राजावादीको बैठकमा ‘बुढाहरुबाट केही हुँदैन’ भन्दै होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्विरहरु)

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ। आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा आज बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो। उनी बैठकमा सहभागी नभएकोमा धेरै सहभागी असन्तुष्ट भएका थिए।

संसद् बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको सुरुमै जानकारी गराइएको थियो। त्यसका बाबजुद पनि धेरै नेताहरुले असन्तुष्टि जनाएका थिए।

CG

समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय पनि उठेको थियो। शीर्ष नेता डराएर मिडियालाई बस्न दिएको कतिपय सहभागीले होहल्ला गरेका थिए। त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्ने समयमा होहल्ला भएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए।

त्यसपछि युवाहरुले ‘बूढाहरुबाट केही हुँदैन’ भन्दै  छुट्टै बैठक गरिरहेको बताइएको छ।  

rajabadi-baithak-7-1749034650.jpg

rajabadi-baithak-1749034651.jpg

rajabadi-baithak-5-1749034649.jpg

rajabadi-baithak-3-1749034647.jpg

rajabadi-baithak-4-1749034647.jpg

rajabadi-baithak-2-1749034645.jpg

rajabadi-baithak-1-1749034645.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै