नेभिगेशन
समाज

पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न बाटो खुल्यो, सर्वोच्चबाट उत्प्रेषणको आदेश जारी

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो ।

Ncell
Extreme Energy

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो ।

यो आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ। र, काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उनको मागबमोजिम नै सर्वोच्चले यो आदेश जारी गरेकाले अब सापकोटामाथि फौजदारी न्यायिक प्रक्रियाअनुसारै प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

गुरुङ मन्त्रीका रुपमा लावालस्कर लिएर भन्दा पनि सर्वसाधारणको भेषमा सामान्य तरिकाले सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले विज्ञानमन्त्री महावीर पुनलाई दिए संसद्को जिम्मेवारी

प्रधानमन्त्रीले विज्ञानमन्त्री महावीर पुनलाई दिए संसद्को जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् ।
पूर्वी नेपालमा हुरीसहित भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने, सतर्कता अपनाउन आग्रह

पूर्वी नेपालमा हुरीसहित भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ...