नेभिगेशन
मुख्य समाचार

आजको मौसमः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Dish Home
Global Ime Bank

मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायतका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशीका केही स्थानमा, मधेश र बागमतीलगायत बाँकी पहाडी भूभागमा तथा बाँकी भू—भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखा अनुसार उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै, राति कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशीका थोरै स्थानमा तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू९भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् ।
आज पनि बस्न सकेन संसद बैठक, आइतबारसम्मका लागि स्थगित

आज पनि बस्न सकेन संसद बैठक, आइतबारसम्मका लागि स्थगित

भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको प्रतिवद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरेपनि सत्तापक्षले भने संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानविन समिति गठन आवश्यक नरहेको जवाफ दिदै...
पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कारवाहीमा सरकारलाई दोष लगाउनु उचित हुँदैनः सञ्चारमन्त्री

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कारवाहीमा सरकारलाई दोष लगाउनु उचित हुँदैनः सञ्चारमन्त्री

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई...