नेभिगेशन
मुख्य समाचार

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काभ्रेको पतञ्जली जग्गाको हद बन्दी छुट प्रकरणमा मन्त्रिपरिषद्बाटै निर्णय गरेर अनियमितता गरेको आरोपमा नेपाल विरुद्द विशेष अदालतमा मुद्दा पेश भएको अख्तियार स्रोतले जनाएको छ । 

Dish Home
Global Ime Bank

नेपालको इतिहासमा प्रधानमन्त्री पदमा रहँदा भ्रष्टाचार गरेको आरोपसहित पूर्व प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा अदालतमा मुद्दा दायर भएको यो पहिलो पटक हो ।

अख्तियारले नेकपा (एकीकृत समाजवादी)का अध्यक्षनेपाल सहित ९३ जनालाई प्रतिवादी बनाएको छ । 
नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
बाजुराको बाम्का बजारमा भिषण आगलागी

बाजुराको बाम्का बजारमा भिषण आगलागी

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए...
पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् ।