नेभिगेशन
समाज

नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गरिने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्ने बताएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताएका हुन् । 

CG

बुबाको नागरिकता भए तत्काल नागरिकता दिने र आमाको नागरिकतामात्रै भए बाबु खोज्ने परिस्थीतिले जटिलता उत्पन्न भएकाले नागरिकता विधेयकको संशोधनले त्यसलाई समाधान गर्ने उनले बताए । गृहमन्त्री लेखकले अंगीकृत नागरिकका बिषयमा देखिएका जटिलतालाई समेत विधेयकले सम्बोधन गर्ने उल्लेख गरे । 

देशभरका सवै जिल्ला प्रशासन कार्यालयका साथै इलाका कार्यालयबाट व्यवस्थीत रुपमा नागरिकता बितरण भइरहेको उल्लेख गर्दै उनले टोकन प्रणालीमार्फत परामर्शसहित सेवा प्रदान भइरहेको जानकारी दिए । 
नागरिकता सम्बन्धी समस्या समाधानका लागि विधेयक महत्वपूर्ण भएकाले चाँडो भन्दा चाँडो विधेयक अघि बढाउन उनले समिति समक्ष आग्रह गरे । 

नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि ८० भन्दा बढि बिषयमा संशोधन प्रस्ताव दर्ता भएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै