नेभिगेशन
समाज

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेर प्रहार भयो, कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्छौँः बेदुराम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक पूवाग्रहका आधारमा मुद्दा दायर भएको प्रतिक्रिया दिएका छन् । 

बिहीबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अध्यक्ष नेपालमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्दा चलाइएको भन्दै यसको राजनीतिक रुपले प्रतिवाद गर्ने बताए । त्यस्तै उहाले अदालतमा नै मुद्दा दर्ता भएकाले कानुनी लडाई पनि लड्ने उल्लेख गरे । ‘यसमा २ वटा पक्ष छ । एउटा, उहाँमाथि राजनीतिक पूर्वाग्रह साँधेर यो खालको मुद्दा लगाउने काम भएको छ । दोस्रो, यसको कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साँधेर जसरी उहाँमाथि आक्रमण भएको छ, त्यसको हामी राजनीतिक रुपमा नै प्रतिवाद गर्छौँ । कानुनी पक्षलाई हामी कानुनी ढंगबाटै प्रतिवाद गर्छौँ । यसमा अन्यौलमा बस्नुपर्ने कुनै कुरा छैन ।’, भुसालले भने । 

त्यस्तै माधव नेपालमाथि पहिलेदेखि नै राजनीतिक आक्रमण भइरहेको र अहिले त्यसैको निरन्तरता भएको उनको भनाई छ । राजनीतिक पूर्वाग्रह कसले साँधेको छ भन्ने विषय सबैलाई प्रष्ट रहेको उनले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...