नेभिगेशन
मुख्य समाचार

‘मैले भ्रष्टाचार गरेको छैन, केपी ओली मेरो राजनीतिक करिअर समाप्त गर्न लागे’ : माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै भ्रष्टाचार नगरेको स्पष्टिकरण दिएका छन् । रौतहटमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीति सिधयाउन लागेको पनि आरोप लगाएका छन् । ‘सिधा कुरा हो, उहाँ मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

त्यस्तै उनले आफू योग साधना गर्ने मान्छे भएको र नेपालमा योग अभ्यासको प्रचार प्रसार होस् तथा आयुर्वेद औषधी उत्पादन होस् भन्ने पक्षमा रहेको बताए । रामदेव, स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको संस्थामा अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न नसक्ने उनको भनाई छ । उनले क्याविनेटमा आउँदा सकबै प्रक्रिया पुगेर आयो आएन त्यस विषयमा पनि हेरिनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी सहित ९३ जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपनि उनले यस्तो स्पष्टिकरण दिएका हुन् । यस्तो उनले रौतहटका सञ्चारकर्मीलाई दिएको स्पष्टिकरणको संपादित अंशः 

CG

मैले कसैसँग एक रुपैयाँ पनि दिएको छैन, भ्रष्टाचार गरेको छैन । कोही बसैबाट कुनै अनुचित लाभा उठाएको पनि छैन । यो मैले चुनौतिका साथ भन्न चाहन्छु । म राष्ट्रलाइृ नोक्सान पुग्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कहिाबाट कसैबाट भएको छ भनेपनि उचित होइन भन्ने पक्षमा उभिएको पनि छु । मैले कुनै पनि मन्त्रीलाई अनुचित कान गर्नका लागि दवाव दिने त टाढाको कुरा भयो निर्देशन दिएको पनि छैन । त्यसको प्रमाण पेस गरियोस् । जहाँसम्म पतञ्जली जस्तो संस्थाको कुरा छ, त्यसमा स्वामी रामदवे र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको संस्थामा अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न सक्दैन । त्यस हुनाले मैले अनुचित उद्देश्यका साथ केही पनि गरेको छैन । के भयो भएन कानुनले हेर्ने कुरा हो । विधि अनुसारले सबै कुराहरु आएको थियो कि थिएन, त्यसको निम्ति सम्बन्धित सबै निकायले हेरे हेरेनन् ? अन्तिममा प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवले पनि सबै कानुनी परामर्श गरे गरेनन् ? यी सबै कुराहरु पनि हेर्नुपर्ने हुन्छ । एउटा टुक्रा पनि सरकारी जग्गा दिने काम भएको छैन । यो पनि क्लीयर हुनुपर्यो । त्यहाँ निजी जग्गा हदबन्दी भन्दा माथि भएतापनि त्यो आवश्यकताले भएको हो भन्ने कुराहरु आएको सन्दर्भमा यदि उचित भएको छैन भने त्यो जग्गाहरु सबै फिर्ता गर्न सकिन्छ । त्यसको निम्ती अपराध गरेको, बदमास गरेको, नियत खराब गरेको रुपमा लिने होइन । किनभने नेपालमा योगको प्रचार प्रसार होस्, आयुर्वेदका औषधिहरुको उत्पादन होस्, आदि इत्यादी भन्ने कुराको म पनि पक्षमा हो । म २०३२ साल भन्दा पहिले पनि योगाभ्यास गर्ने मान्छे हो । अहिले पनि म योगहरु गर्ने गर्दछु । योग सम्बन्धी कामहरुमा, असल नियतका साथ लाग्ने हुराहरुमा मेरो साथ सहयोग रहन्छ । तर त्यो गर्दापनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ । क्यविनेटबाट भएको छ भने त्यो क्याविनेटमा बिभिन्न प्रक्रियाबाट सबै मन्त्रीहरुले हेरेर त्यसलाई पास गराइएको होला, अगाडी बढाइएको होला । यदि त्यस्तो भएको छैन भने पनि देशलाई, जनतालाई, राष्ट्रलाई नोक्सान पुग्ने खालको कामहरु भएको छ छैन मलाई थाहा छैन । भएको छ भने पनि त्यस्तो अनुचित कुराहरुलाई छुट दिन सकिन्न । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...