नेभिगेशन
समाज

‘मैले भ्रष्टाचार गरेको छैन, केपी ओली मेरो राजनीतिक करिअर समाप्त गर्न लागे’ : माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै भ्रष्टाचार नगरेको स्पष्टिकरण दिएका छन् । रौतहटमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीति सिधयाउन लागेको पनि आरोप लगाएका छन् । ‘सिधा कुरा हो, उहाँ मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले आफू योग साधना गर्ने मान्छे भएको र नेपालमा योग अभ्यासको प्रचार प्रसार होस् तथा आयुर्वेद औषधी उत्पादन होस् भन्ने पक्षमा रहेको बताए । रामदेव, स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको संस्थामा अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न नसक्ने उनको भनाई छ । उनले क्याविनेटमा आउँदा सकबै प्रक्रिया पुगेर आयो आएन त्यस विषयमा पनि हेरिनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी सहित ९३ जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपनि उनले यस्तो स्पष्टिकरण दिएका हुन् । यस्तो उनले रौतहटका सञ्चारकर्मीलाई दिएको स्पष्टिकरणको संपादित अंशः 

Ncell
Extreme Energy

मैले कसैसँग एक रुपैयाँ पनि दिएको छैन, भ्रष्टाचार गरेको छैन । कोही बसैबाट कुनै अनुचित लाभा उठाएको पनि छैन । यो मैले चुनौतिका साथ भन्न चाहन्छु । म राष्ट्रलाइृ नोक्सान पुग्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कहिाबाट कसैबाट भएको छ भनेपनि उचित होइन भन्ने पक्षमा उभिएको पनि छु । मैले कुनै पनि मन्त्रीलाई अनुचित कान गर्नका लागि दवाव दिने त टाढाको कुरा भयो निर्देशन दिएको पनि छैन । त्यसको प्रमाण पेस गरियोस् । जहाँसम्म पतञ्जली जस्तो संस्थाको कुरा छ, त्यसमा स्वामी रामदवे र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको संस्थामा अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न सक्दैन । त्यस हुनाले मैले अनुचित उद्देश्यका साथ केही पनि गरेको छैन । के भयो भएन कानुनले हेर्ने कुरा हो । विधि अनुसारले सबै कुराहरु आएको थियो कि थिएन, त्यसको निम्ति सम्बन्धित सबै निकायले हेरे हेरेनन् ? अन्तिममा प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवले पनि सबै कानुनी परामर्श गरे गरेनन् ? यी सबै कुराहरु पनि हेर्नुपर्ने हुन्छ । एउटा टुक्रा पनि सरकारी जग्गा दिने काम भएको छैन । यो पनि क्लीयर हुनुपर्यो । त्यहाँ निजी जग्गा हदबन्दी भन्दा माथि भएतापनि त्यो आवश्यकताले भएको हो भन्ने कुराहरु आएको सन्दर्भमा यदि उचित भएको छैन भने त्यो जग्गाहरु सबै फिर्ता गर्न सकिन्छ । त्यसको निम्ती अपराध गरेको, बदमास गरेको, नियत खराब गरेको रुपमा लिने होइन । किनभने नेपालमा योगको प्रचार प्रसार होस्, आयुर्वेदका औषधिहरुको उत्पादन होस्, आदि इत्यादी भन्ने कुराको म पनि पक्षमा हो । म २०३२ साल भन्दा पहिले पनि योगाभ्यास गर्ने मान्छे हो । अहिले पनि म योगहरु गर्ने गर्दछु । योग सम्बन्धी कामहरुमा, असल नियतका साथ लाग्ने हुराहरुमा मेरो साथ सहयोग रहन्छ । तर त्यो गर्दापनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ । क्यविनेटबाट भएको छ भने त्यो क्याविनेटमा बिभिन्न प्रक्रियाबाट सबै मन्त्रीहरुले हेरेर त्यसलाई पास गराइएको होला, अगाडी बढाइएको होला । यदि त्यस्तो भएको छैन भने पनि देशलाई, जनतालाई, राष्ट्रलाई नोक्सान पुग्ने खालको कामहरु भएको छ छैन मलाई थाहा छैन । भएको छ भने पनि त्यस्तो अनुचित कुराहरुलाई छुट दिन सकिन्न । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...