नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको विषय लगभग हटिसक्योः नेकपा एस

काठमाडौँ । भिजिट भिसा प्रकरणमा नेकपा एकिकृत समाजवादीले गृहमन्त्रीको राजीनामा मागबारे आफूहरु लगभग हटिसकेको बताएको बताएको छ । बिहिबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकिकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरु संसद बैठक सुचारु गर्नुपर्छ भनेर लागिरहेको र अहिलेका लागि गृहमन्त्रीका राजीनामा भन्दा पनि छानबिन हुनुपर्छ भन्ने मुख्य माग अघि सारेको बताए । 

‘प्रतिपक्षमा रहेका ४ वटा दलहरुमध्ये हामीले एउटा प्रयत्न गर्यौँ । गृहमन्त्रीको राजीनामा नभई हामी संसद चलाउन दिदैनौँ भन्ने खालको निर्णय गरेर हामी अगाडि नबढौँ । छानबिन गर्ने कुरामा अघि बढौँ । छानबिन गर्न सरकार तयार हुन्छ भने गृहमन्त्रीको राजीनामालाई थाँती राखाैँ भन्ने कुरा भएको छ ।’, पाण्डेले भने, ‘अब राजीनामा त लगभग लगभग स्थगित जस्तो भइसक्यो ।’

CG

त्यस्तै उनले अहिलेका गृहमन्त्री मात्रै हैन २०६४ साल यताका गृहमन्त्रीमाथि र भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने र सरकार त्यसका लागि तयार हुनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै