नेभिगेशन
समाज

एकैछिन बसेर भोलिसम्मका लागि स्थगित भयो संसद बैठक

काठमाडाैँ ।केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाए । 
 
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।
 
सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । 
 
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । 
 
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेगरी स्थगित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले...
महाधिवेशनबाट यस्तो बन्यो ‘टिम रवि’

महाधिवेशनबाट यस्तो बन्यो ‘टिम रवि’

पार्टीका संस्थापक सभापति रवि लामिछाने चितवन महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिए । विधानअनुसार आगामी ५ वर्ष रविले नै रास्वपाको कमाण्ड सम्हाल्ने छन् ।
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
अब रास्वपा परिपक्‍व भएर अगाडि बढ्छः  रवि लामिछाने

अब रास्वपा परिपक्‍व भएर अगाडि बढ्छः रवि लामिछाने

सभापति लामिछानेले भने– ‘जिम्मेवार भएर पार्टीलाई अगाडि बढाउने छु । एकताबद्ध बनाएर अगाडि बढाउने छु ।’  उनले पार्टी महाधिवेशन गरेर एउटा महत्वपूर्ण चरण पार गरेको पनि उल्लेख गरे...