नेभिगेशन
मुख्य समाचार

एकैछिन बसेर भोलिसम्मका लागि स्थगित भयो संसद बैठक

काठमाडाैँ ।केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाए । 
 
सभामुख देवराज घिमिरेले आसनमा बसेर दलीय आधारमा बोल्नका लागि सहयोग गर्न आग्रह गरे । प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको संलग्नताको आधार देखिएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् ।
 
सभामुख घिमिरेले पटकपटक आसन ग्रहण गरेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए। चालु अधिवेशनबाट अत्यावश्यक कानुन बनाउनुपर्ने आवश्यकता रहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । 
 
गृहमन्त्रीले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग्नुभएको जानकारी दिँदै सभामुखले बजेटमाथिको छलफल प्रभावित भइरहेकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे । 
 
बैठकमा सभामुख घिमिरे आजको निर्धारित सम्पूर्ण कार्यक्रम सूचीको हटाइएको जानकारी गराए । प्रतिपक्षी र सत्तापक्ष सांसदबीच केहीबेर आरोप प्रत्यारोप चलेको थियो । विपक्षी सांसदको विरोध जारी रहेपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

नेपालको क्यासिनोमा चल्ने गरेको लुटको पर्दाफास, लुट्नको लागि म्याग्नेटिक तास र पछाडिबाटै तास चिन्ने विशेष आईलेन्स

जुन लेन्स लगाएपछि तासको पछाडिबाटै तास देखिन्छ । ठगीको उद्देश्यले बसेका ती खेलाडीहरूलाई पहिले नै आफूलाई अन्य खेलाडीलाई कुन तास परेको छ थाहा पाउँछन् सोही अनुसार उनीहरूले दाउ...
जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

जेनजी र राजनीतिक दलले सरकारलाई पेन्डुलम बनाएः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गरिन् । साथै बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था...
पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

पूर्व गृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको जानकारी दिएका हुन् । आयोगले बयानका लागि...
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान...

भर्खरै