नेभिगेशन
समाज

वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार, क्यामेरामा मुक्का प्रहार (भिडियो)

काठमाडौँ । नेकपा एसको कार्यालयमा समाचार संकलनका लागि गएका पत्रकारमाथि वरिष्ठ अधिवक्ताबाटै दुव्र्यवहार भएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीलाई दुव्र्यवहार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि कानुन व्यवसायीहरुलाई पार्टी कार्यालयमा बोलाएका थिए । बरिष्ठ अधिवक्ता थापा पनि नेकपा एसको केन्द्रीय पार्टी कार्यालयमा पुगेका थिए । 

Ncell
Extreme Energy

थापा पार्टी कार्यालयको गेटबाट निस्कने क्रममा फोटो पत्रकार कार्कीले उनको फोटो खिचेका थिए । त्यसपछि उनले पत्रकारको क्यामेरामै मुक्का बजारेको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक स्थानमा फोटो खिच्दा पनि पत्रकारमाथि दुव्र्यवहार र क्यामेरामै प्रहार भएपछि पत्रकार र थापाबिच भनाभन भएको थियो । 

शम्भु थापाले पत्रकारमाथि गरेको दुव्र्यवहार भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...