नेभिगेशन
मुख्य समाचार

यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन पारित भएको छ ।

सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । 

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

यस्तै, बेरुजु फरछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासङ्घका प्रतिनिधि सहभागी हुनेछन् । 

सभापति पोखरलेले बेरुजु फर्छ्यौटमा स्थानीय तहदेखि सङ्घसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए । 

बैठकले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ ।

यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...