नेभिगेशन
समाज

विपक्षी दलको निष्कर्षः तीन माग पूरा नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने

काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद् भवन नयाँबानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिए । 

Ncell
Extreme Energy

श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उनले सुनाए । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको झाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।