नेभिगेशन
मुख्य समाचार

वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी रहेको बताएका छन् । 

शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै नै केन्द्रिय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने समेत बताए । 

त्यस्तै उनले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे । संवैधानिक निकायले कानुन अनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उनले बताए । 

त्यस्तै थापाले वर्तमान सरकार गठनका समयमा भएको सहमति अनुसार संविधान संशोधनसम्बन्धी समिति बनाउन ढिलाई भएको उल्लेख गरे । चाडै नै समिति बनाएर संविधान संसोधनको एजेण्डाबारे टुङ्गो लगाई प्रक्रियामा लैजाने उनको भनाई छ । 

पार्टीको महाधिवेशन बारे सोधिएको प्रश्नमा महामन्त्री थापाले ०८३ सालको मंसिरमा महाधिवेशन हुने गरी पार्र्टी सदस्यता लगायतका विषयहरुमा काम गरिरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...