नेभिगेशन
समाज

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कारवाहीमा सरकारलाई दोष लगाउनु उचित हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारवाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताए ।

Ncell
Extreme Energy

सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनकोे भनाइ छ । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । यस बिषयमा बिपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए । 

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हुन नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।