नेभिगेशन
मुख्य समाचार

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कारवाहीमा सरकारलाई दोष लगाउनु उचित हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियारले गरेको कामकारवाहीमा सरकारलाई दोष लगाउनु उचित नभएको बताएका छन् । 

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुरुङले सरकार अधिनायकवादी हुन्छ भनेर नै संवैधानिक निकायहरु बनाइने गरिएको उल्लेख गर्दै अख्तियारले आफ्नो अधिकार प्रयोग गरेर कानुनी प्रक्रिया शुरु गरेकोले यसलाई प्रतिशोध भन्नु गलत भएको समेत बताए ।

CG

सरकारले फाइल खोल्ने भनेर कतै नभनेको र अहिले पनि अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको उनकोे भनाइ छ । त्यस्तै उनले भिजिट भिसा प्रकरणमा कुनै कर्मचारीले गलत गर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । यस बिषयमा बिपक्षी दलले प्रतिशोधको राजनीति गरिरहेको उनले बताए । 

मन्त्री गुरुङले निजामती सेवा ऐन तथा शिक्षा विधेयक सदन अवरुद्ध भएकाले टेबल हुन नसकेको बताउँदै चालु बजेट अधिवेशनबाटै यो दुवै विधेयक पास हुने विश्वास व्यक्त गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला...
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरले शनिबार भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले शनिबार तय भएका सबै कार्यक्रम...
सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक...