नेभिगेशन
समाज

आज पनि बस्न सकेन संसद बैठक, आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी र सत्तापक्ष दलबीच भएको छलफल निष्कर्षविहीन भएपछि शुक्रबार बोलाइएको बैठक सूचना टाँस गरि जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले सदन सञ्चालन गर्न दिएका छैनन् ।

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको प्रतिवद्धता आए सदन चल्न दिने प्रस्ताव प्रतिपक्षीले गरेपनि सत्तापक्षले भने संवैधानिक निकायले गरिरहेको अनुसन्धानमा अर्को छानविन समिति गठन आवश्यक नरहेको जवाफ दिदै आएको छ । 

भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको अडानका कारण कारण जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक प्रभावित हुदै आएको छ । 

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो । 

त्यसलगत्तै सभामुख देवराज घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोक्नुभएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ उम्मेदवार

नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिकाका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।