नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउने वातावरण बने संसदको अवरोध खुल्ने बताएका छन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् । 

CG

बिपक्षीले राखेका बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवासंगै छलफल गर्ने तयारी भएको उनले भने । प्रचण्डले कांग्रेसका अन्य नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिएको जिकिर गरे । एकदुई दिन भित्रै यस बिषयमा उचित निकास निस्कने उनको भनाइ छ ।

त्यस्तै पतञ्जली जग्गा प्रकरणमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गरे । माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको उनले बताए । 

प्रचण्डले माधव नेपाल स्वमले अदालतले न्याय दिने बताएको र आफुलाई पनि न्याय दिनेमा विश्वास रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला...
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरले शनिबार भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले शनिबार तय भएका सबै कार्यक्रम...
सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक...