नेभिगेशन
समाज

अमेरिकास्थित ममत काफ्लेको हत्या भएकै सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्क सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेको पुष्टि भएको छ। उनीहरू एउटै परिवारका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको म्यानेसस पार्क प्रहरीले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटना बिहीबार राति करिब १०:४० बजे घटेको हो। म्यानेसस पार्क प्रहरी विभागका अनुसार घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घरको तल्लो तलामा प्रवेश गर्दा प्रहरीले चारै जनालाई मृत अवस्थामा फेला पारेको हो।

Ncell
Extreme Energy

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ।

चारै जनाको शव परीक्षणका लागि म्यानेससस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। प्रहरीले यो घटना हत्या हो कि आत्महत्या भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

यसैबीच, केही समयअघि म्यानेसस पार्क सहरमै ममता काफ्ले भट्टको हत्या भएकाे थियो। ममता काफ्ले भट्ट २८ वर्षीया नर्स थिइन् र गत जुलाई महिनामा हराइन्। उनका श्रीमान् नरेश भट्टलाई प्रारम्भमा शव लुकाउने आरोपमा पक्राउ गरिएको थियो, तर पछि अनुसन्धानका क्रममा हत्या र शवको गायब पारेको थप आरोप लगाइएको छ।

प्रहरीका अनुसार, नरेश भट्टको घरमा ममता काफ्ले भट्टको रगतको धब्बा फेला परेको छ र उनले हत्या पछि शवलाई विभाजन गरेको संकेत पाइएका छन्। यसका आधारमा उनलाई हत्या र शवको गायब पारेको आरोप लगाइएको हो। अदालतले आगामी सेप्टेम्बर ८, २०२५ मा सुनुवाइको मिति तय गरेको छ, जसमा यो मुद्दाको सुनुवाइ सुरु हुनेछ। सुनुवाइ २ अक्टोबर २०२५ सम्म चल्ने अपेक्षा गरिएको छ।

यस घटनाले नेपाली समुदायमा गहिरो शोक र चिन्ता उत्पन्न गरेको थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

बाढी, पहिरो र हिमपातका कारण लेतेदेखि कोरलासम्म ५ सय बढी कन्टेनर रोकिए

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको...
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

भर्खरै