नेभिगेशन
मुख्य समाचार

अमेरिकास्थित ममत काफ्लेको हत्या भएकै सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित म्यानेसस पार्क सहरमा २ बालबालिकासहित ४ नेपाली मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेको पुष्टि भएको छ। उनीहरू एउटै परिवारका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको म्यानेसस पार्क प्रहरीले जनाएको छ।

घटना बिहीबार राति करिब १०:४० बजे घटेको हो। म्यानेसस पार्क प्रहरी विभागका अनुसार घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घरको तल्लो तलामा प्रवेश गर्दा प्रहरीले चारै जनालाई मृत अवस्थामा फेला पारेको हो।

CG

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको छ।

चारै जनाको शव परीक्षणका लागि म्यानेससस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ। प्रहरीले यो घटना हत्या हो कि आत्महत्या भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

यसैबीच, केही समयअघि म्यानेसस पार्क सहरमै ममता काफ्ले भट्टको हत्या भएकाे थियो। ममता काफ्ले भट्ट २८ वर्षीया नर्स थिइन् र गत जुलाई महिनामा हराइन्। उनका श्रीमान् नरेश भट्टलाई प्रारम्भमा शव लुकाउने आरोपमा पक्राउ गरिएको थियो, तर पछि अनुसन्धानका क्रममा हत्या र शवको गायब पारेको थप आरोप लगाइएको छ।

प्रहरीका अनुसार, नरेश भट्टको घरमा ममता काफ्ले भट्टको रगतको धब्बा फेला परेको छ र उनले हत्या पछि शवलाई विभाजन गरेको संकेत पाइएका छन्। यसका आधारमा उनलाई हत्या र शवको गायब पारेको आरोप लगाइएको हो। अदालतले आगामी सेप्टेम्बर ८, २०२५ मा सुनुवाइको मिति तय गरेको छ, जसमा यो मुद्दाको सुनुवाइ सुरु हुनेछ। सुनुवाइ २ अक्टोबर २०२५ सम्म चल्ने अपेक्षा गरिएको छ।

यस घटनाले नेपाली समुदायमा गहिरो शोक र चिन्ता उत्पन्न गरेको थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला...
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

विशेष महाधिवेशन पक्षधरले शनिबार भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले शनिबार तय भएका सबै कार्यक्रम...
सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक...