नेभिगेशन
मुख्य समाचार

भारत छाडेकाे ९ वर्षपछि पडकास्टमा विजय माल्या, भन्छन्:"मिडियाले मलाई खलनायक बनायो,तर म अपराधी होइन"

काठमाडौं । करिब एक दशकको मौनता तोड्दै, भारतीय व्यवसायी विजय माल्या पहिलोपटक सार्वजनिक रूपमा खुलेर बोलेका छन्। युट्युबर राज शमानीले सञ्चालन गरेको चार घण्टा लामो पडकास्टमार्फत माल्याले आफ्ना अनुभव, आरोपहरू र भारतीय मिडियासँगको सम्बन्धबारे विस्तृत टिप्पणी गरेका छन्।

पछिल्लो समय बेलायतमा बस्दै आएका भारतीय अर्बपति माल्यालाई भारतमा बैंक ऋण नतिरी भागेको आरोप लाग्दै आएको छ। किङफिसर एयरलाइन्सको असफलतापछि उनले सामना गर्नुपरेको आलोचना, मिडिया ट्रायल र राजनीतिक दवाबबारे उनले स्पष्ट धारणा राखे।

CG

"म ९ वर्ष मिडियाको निशानामा परेँ"
शमानीले सोधेका थिए, "तपाईं ९ वर्षपछि किन बोल्दै हुनुहुन्छ?" जवाफमा माल्याले भने, "म निरन्तर मिडियाको आक्रमणमा परेँ। उनीहरूले मलाई 'चोर' र 'भगौडा' जस्ता नाम दिए। जनतामा मेरो छवि बिगार्न मिडियाले योजनाबद्ध ढंगले काम गर्‍यो। त्यसैले बोल्नुको साटो चुप लाग्नै उचित ठानें।"

"सरकारले मबाट ऋणभन्दा दोब्बर असुल गरिसकेको छ"
पडकास्टमा माल्याले भारत सरकारले हालै सार्वजनिक गरेको एक रिपोर्ट उल्लेख गर्दै भने, “मबाट १४,१०० करोड भारू असुल गरिएको अर्थ मन्त्रालयको रिपोर्टमा नै उल्लेख छ, जबकि किङफिसरले लिएको ऋण ६,२०३ करोड मात्र थियो। यो हिसाबले हेर्दा, मलाई चोर भन्नु अन्याय हो।”

“सोसल मिडिया नै मेरो आवाज बन्ने थलो बन्यो”
मुख्यधारका मिडियाबाट आफूलाई कहिल्यै निष्पक्ष प्रस्तुत नगरिएको गुनासो गर्दै माल्याले नयाँ माध्यम (सोसल मिडिया) मार्फत आफैं बोल्ने निर्णय गरेको बताए। “अब समय बदलिएको छ। म पनि आफ्नो पक्ष स्पष्ट रूपमा राख्न चाहन्छु,” उनले भने।


"माफी चाहन्छु, तर अपराधी होइन"
किङफिसर एयरलाइन्स असफल भएपछि आफ्ना कर्मचारी, ऋणदाता र आमजनतासँग माफी मागेका माल्याले भने, “म एक व्यवसायिक असफलता थिएँ, तर त्यो अपराध होइन। मलाई देशद्रोही झैँ चित्रण गरियो, जुन न्यायोचित थिएन।”

यो अन्तर्वार्ताले विजय माल्याको कथित फरार जीवनशैलीभन्दा बाहिरको पक्ष देखाएको छ, जसले भारतमा पत्रकारिताको ढाँचामाथि पनि प्रश्न उठाएको छ।

पडकास्ट सार्वजनिक भएलगत्तै दुई दिनमै उक्त अन्तर्वार्तालाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ। सोहीसँगै ट्विटर (एक्स), फेसबुक र रेडिटमा माल्याको अभिव्यक्तिमाथि बहस पनि चर्किएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक...
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ ।...
यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...

भर्खरै