नेभिगेशन
समाज

भारत छाडेकाे ९ वर्षपछि पडकास्टमा विजय माल्या, भन्छन्:"मिडियाले मलाई खलनायक बनायो,तर म अपराधी होइन"

काठमाडौं । करिब एक दशकको मौनता तोड्दै, भारतीय व्यवसायी विजय माल्या पहिलोपटक सार्वजनिक रूपमा खुलेर बोलेका छन्। युट्युबर राज शमानीले सञ्चालन गरेको चार घण्टा लामो पडकास्टमार्फत माल्याले आफ्ना अनुभव, आरोपहरू र भारतीय मिडियासँगको सम्बन्धबारे विस्तृत टिप्पणी गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय बेलायतमा बस्दै आएका भारतीय अर्बपति माल्यालाई भारतमा बैंक ऋण नतिरी भागेको आरोप लाग्दै आएको छ। किङफिसर एयरलाइन्सको असफलतापछि उनले सामना गर्नुपरेको आलोचना, मिडिया ट्रायल र राजनीतिक दवाबबारे उनले स्पष्ट धारणा राखे।

Ncell
Extreme Energy

"म ९ वर्ष मिडियाको निशानामा परेँ"
शमानीले सोधेका थिए, "तपाईं ९ वर्षपछि किन बोल्दै हुनुहुन्छ?" जवाफमा माल्याले भने, "म निरन्तर मिडियाको आक्रमणमा परेँ। उनीहरूले मलाई 'चोर' र 'भगौडा' जस्ता नाम दिए। जनतामा मेरो छवि बिगार्न मिडियाले योजनाबद्ध ढंगले काम गर्‍यो। त्यसैले बोल्नुको साटो चुप लाग्नै उचित ठानें।"

"सरकारले मबाट ऋणभन्दा दोब्बर असुल गरिसकेको छ"
पडकास्टमा माल्याले भारत सरकारले हालै सार्वजनिक गरेको एक रिपोर्ट उल्लेख गर्दै भने, “मबाट १४,१०० करोड भारू असुल गरिएको अर्थ मन्त्रालयको रिपोर्टमा नै उल्लेख छ, जबकि किङफिसरले लिएको ऋण ६,२०३ करोड मात्र थियो। यो हिसाबले हेर्दा, मलाई चोर भन्नु अन्याय हो।”

“सोसल मिडिया नै मेरो आवाज बन्ने थलो बन्यो”
मुख्यधारका मिडियाबाट आफूलाई कहिल्यै निष्पक्ष प्रस्तुत नगरिएको गुनासो गर्दै माल्याले नयाँ माध्यम (सोसल मिडिया) मार्फत आफैं बोल्ने निर्णय गरेको बताए। “अब समय बदलिएको छ। म पनि आफ्नो पक्ष स्पष्ट रूपमा राख्न चाहन्छु,” उनले भने।


"माफी चाहन्छु, तर अपराधी होइन"
किङफिसर एयरलाइन्स असफल भएपछि आफ्ना कर्मचारी, ऋणदाता र आमजनतासँग माफी मागेका माल्याले भने, “म एक व्यवसायिक असफलता थिएँ, तर त्यो अपराध होइन। मलाई देशद्रोही झैँ चित्रण गरियो, जुन न्यायोचित थिएन।”

यो अन्तर्वार्ताले विजय माल्याको कथित फरार जीवनशैलीभन्दा बाहिरको पक्ष देखाएको छ, जसले भारतमा पत्रकारिताको ढाँचामाथि पनि प्रश्न उठाएको छ।

पडकास्ट सार्वजनिक भएलगत्तै दुई दिनमै उक्त अन्तर्वार्तालाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ। सोहीसँगै ट्विटर (एक्स), फेसबुक र रेडिटमा माल्याको अभिव्यक्तिमाथि बहस पनि चर्किएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै