नेभिगेशन
मुख्य समाचार

बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुनसकेको छैन । २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो ।
त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको देखिन्छ । विसं २०६९ देखि २०९० सम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो । आयोजान सुरु भएदेखि हालसम्म रु ७८ करोड बढी रकम सरकारले विनियोजन गरेको छ । त्यसमध्ये रु ५० करोडमात्र खर्च भएको छ । नयाँ सहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ ।

आयोजनाले हालसम्म १६ दशमलव तीन किलोमिटर सडक ढलान, छ दशमलव तीन किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए । अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको उहाँको भनाइ छ । विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशतमात्र काम भएको उहाँले बताए ।
हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ । बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो । बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ । नयाँ सहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाह बताउँछन् ।

CG

यो आयोजानाका लागि रु एक अर्ब समेत विनियोजन भएको छैन । सरकारले हालसम्म आव २०७२/७३ मा रु चार करोड ४७ लाख, आव २०७३/७४ मा रु आठ करोड २२ लाख, आव २०७४/७५ मा रु १६ करोड ४० लाख, आव २०७५/७६ मा रु १३ करोड छ हजार, आव २०७६/७७ मा रु सात करोड ५७ लाख, आव २०७७/७८ मा रु छ करोड ७३ लाख, आव २०७८/७९ मा रु १२ करोड छ लाख, आव २०७९/८० मा रु १८ करोड ३३ लाख, आव २०८०/८१ मा रु सात करोड ३३ लाख तथा चालु आवमा रु नौ करोड ९५ लाख विनियोजन भएको थियो ।

हरेक वर्ष बजेटको आकार घटबढ हुँदा लक्ष्यअनुसार काम गर्न नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । बर्सेनि करोडौँको बजेट नयाँ सहरका लागि आए पनि सोचेअनुसारको काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताए । आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उनको भनाइ छ । आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए ।

उनले भने, “१०–१२ वर्ष भयो यो नयाँ सहरको काम सुरु भएको तर अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ, ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुनसकेको छैन, काम गरेपछि त केही फरकपन हुनुपर्ने हो, तर खासै केही परिवर्तन भएको छैन ।” अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ ।...
यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

दार्चुलाको व्यास गाउँपालिकाको छाङरु र तिङ्करको निर्वाचन खलङ्गामै हुने

विसं २०७९ को स्थानीय तह निर्वाचन छाङ्गरु र तिङ्करकै मतदान केन्द्रमा भएको थियो । यसपटक स्थानीयको बसाइसराइ सरेको कारण दुवै मतदान केन्द्र खलङ्गा मै कायम गरिएको प्रमुख जिल्ला...

भर्खरै