नेभिगेशन
मुख्य समाचार

अमेरिका बाट ४० बढी नेपाली एकैपटक डिपोर्ट, आज अपराह्न काठमाडौं ओर्लिँदै

काठमाडौं । अमेरिकी अध्यागमन विभागले अवैध रूपमा अमेरिका पुगेका नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आइरहेको छ। यसै क्रममा, आज आइतबार अपराह्न करिब ४ बजे, करिब ४० जना नेपाली नागरिक अमेरिका बाट डिपोर्ट भई काठमाडौं आइपुग्ने अध्यागमन स्रोतले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट गरिएका नेपालीहरू नेपाल आउन लागेको जानकारी अध्यागमन विभागलाई केही दिनअघि नै दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई औपचारिक प्रक्रियापछि नेपाल प्रहरीको जिम्मा लगाइनेछ।

CG

अध्यागमन विभागका अनुसार, यो पछिल्लो समयमै एकैपटक सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट गरिएको घटना हो। यद्यपि, अमेरिकाबाट फर्काइएका नेपालीको संख्या अझै तलमाथि हुन सक्ने अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी अध्यागमन कानुनको कडाइका कारण हालसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। उनीहरूमाथि अमेरिका प्रवेश गर्दा कानुन उल्लंघन गरेको, बिना भिसा बसोबास गरेको वा गलत उद्देश्यले अमेरिका प्रवेश गरेको आरोप लागेको थियो।

डिपोर्ट गरिएका नागरिकहरूसँग नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रहरीले विशेष रूपमा मानव तस्करीका सञ्जालबारे जानकारी लिने उद्देश्यले उनीहरूबाट सोधपुछ गर्छ।

ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गर्ने अघोषणा चुनावी अभियानमै गरेको थियो। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्न कार्यकारी आदेश जारी गरेका थिए। सोही आदेशअनुसार हाल १३ सयभन्दा बढी नेपाली निष्कासनको सूचीमा छन्।

सन् २०२४ मा जो बाइडेन राष्ट्रपति हुँदा ३५ जना नेपालीलाई मात्र डिपोर्ट गरिएको थियो। तर ट्रम्पको पुनः आगमनपछि डिपोर्टको दर तीव्र भएको देखिन्छ — अहिलेको दरले हेर्दा लगभग महिनामा ३०–४० नेपाली अमेरिका बाट फिर्ता पठाइँदै छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

रुद्राक्ष खेतीको लागि प्रख्यात पूर्वी पहाडको भोजपुर, एउटै रुद्राक्ष ७४ लाखमा बिक्री

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ । धार्मिक, सांस्कृतिक...
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोहीअनुरुप बाहिनी र जिल्लामा आवश्यक तैनाथी मिलाइएको छ ।...
यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकमा एमाले अध्यक्ष केपी ओलीको सम्बोधन (पूर्ण पाठ)

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको...
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक जारी

भर्खरै