नेभिगेशन
समाज

अमेरिका बाट ४० बढी नेपाली एकैपटक डिपोर्ट, आज अपराह्न काठमाडौं ओर्लिँदै

काठमाडौं । अमेरिकी अध्यागमन विभागले अवैध रूपमा अमेरिका पुगेका नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आइरहेको छ। यसै क्रममा, आज आइतबार अपराह्न करिब ४ बजे, करिब ४० जना नेपाली नागरिक अमेरिका बाट डिपोर्ट भई काठमाडौं आइपुग्ने अध्यागमन स्रोतले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट गरिएका नेपालीहरू नेपाल आउन लागेको जानकारी अध्यागमन विभागलाई केही दिनअघि नै दिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरूलाई औपचारिक प्रक्रियापछि नेपाल प्रहरीको जिम्मा लगाइनेछ।

Ncell
Extreme Energy

अध्यागमन विभागका अनुसार, यो पछिल्लो समयमै एकैपटक सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट गरिएको घटना हो। यद्यपि, अमेरिकाबाट फर्काइएका नेपालीको संख्या अझै तलमाथि हुन सक्ने अमेरिकी दूतावासले जनाएको छ।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी अध्यागमन कानुनको कडाइका कारण हालसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। उनीहरूमाथि अमेरिका प्रवेश गर्दा कानुन उल्लंघन गरेको, बिना भिसा बसोबास गरेको वा गलत उद्देश्यले अमेरिका प्रवेश गरेको आरोप लागेको थियो।

डिपोर्ट गरिएका नागरिकहरूसँग नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रहरीले विशेष रूपमा मानव तस्करीका सञ्जालबारे जानकारी लिने उद्देश्यले उनीहरूबाट सोधपुछ गर्छ।

ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ गर्ने अघोषणा चुनावी अभियानमै गरेको थियो। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्न कार्यकारी आदेश जारी गरेका थिए। सोही आदेशअनुसार हाल १३ सयभन्दा बढी नेपाली निष्कासनको सूचीमा छन्।

सन् २०२४ मा जो बाइडेन राष्ट्रपति हुँदा ३५ जना नेपालीलाई मात्र डिपोर्ट गरिएको थियो। तर ट्रम्पको पुनः आगमनपछि डिपोर्टको दर तीव्र भएको देखिन्छ — अहिलेको दरले हेर्दा लगभग महिनामा ३०–४० नेपाली अमेरिका बाट फिर्ता पठाइँदै छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै