नेभिगेशन
समाज

राजा फर्काउन कस्सिएका स्वागत नेपाल भन्छन्, ‘अवसरवादी अहंकारी बुढाहरुलाई छोडेर आन्दोलन गर्नुपर्छ’

काठमाडौँ । राजा फर्काउने मुल एजेण्डाका साथ आन्दोलनमा होमिएको राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व फेरबदल हुनुपर्ने माग उठेको छ । उक्त समितिका प्रवक्तासमेत रहेका अधिवक्ता स्वागत नेपालले समितिमा रहेका नेतृत्वकर्ताहरुलाई अवसरवादी, अहंकारी र स्वार्थीको संज्ञा दिँदै युवाहरुलाई समेटिने गरि समितिलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् । 

नेपालले पुराना अवसरवादी, अहंकारी र स्वार्थी नेताहरुको सत्तामुखी राजनीतिलाई चुनौती दिंदै स्वतन्त्र नागरिकहरुको नयाँ पुस्ता अब नयाँ आन्दोलनको तयारीमा जुटिरहेको बताएका छन् । ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ...। साँच्चैका स्वतन्त्र नागरिकहरु, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि...,चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्वको ऐतिहासिक शान्तियुद्ध...अवसरवादी र अहंकारी बूढाहरुले नगर्ने भए युवालाई जिम्मा दिनुस् नत्र जिम्मेवारी आफै लिन्छ युवाले÷ हामी युवाहरु जागौं÷ पार्टीका नेताहरु पार्टीकै स्वार्थमा हुँदा रहेछन्’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

CG

त्यस्तै उनले कुनै पनि पार्टीमा आवद्ध नभएका, वा जुनसुकै पार्टीका भए पनि राष्ट्र सर्वोपरि मान्ने स्वतन्त्र व्यक्तिहरुले देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्न लाग्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, 'हामी स्वतन्त्र नागरिकहरु, देशलाई माया गर्नेहरु जुनसुकै पार्टीको सदस्य पनि कुनै पनि पार्टीको सदस्य नभए पनि/ पार्टीका निर्णयलाई लत्याउन सक्नेहरु/ सबै एकै ठाउँमा आऔं, / नेपाललाई हिन्दु, वौद्ध, किरात, शिख, प्रकृति, बोन सबैको साझा सनातनी धर्मराज्य घोषणा गरौं/ अब आन्दोलनलाई सफल बनाउनैपर्छ/ राजाले पनि राजा बन्दिनँ भन्ने छुट छैन अब/ जनताले गर्छ जे निर्णय गर्छ गर्छ, हामी शक्ति सञ्चय लागौं/ देश र विदेशबाट नयाँ संरचनाबाट हामी आउँदैछौं/ कोही पनि चिन्तित त्रसित नबन्नु होला/ देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्नैपर्छ !'

आफूले बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गरेको तर बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुङ्ग पारेको र जनभावनालाई तुहाउन प्रयास गरेको आरोप लगाएका छन् । 

त्यस्तै उनले राजतन्त्र फर्काउन सुरु भएको आन्दोलन युवाहरुले तुहिन नदिने र सफल बनाएरै छोड्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै