नेभिगेशन
समाज

राजा फर्काउन कस्सिएका स्वागत नेपाल भन्छन्, ‘अवसरवादी अहंकारी बुढाहरुलाई छोडेर आन्दोलन गर्नुपर्छ’

काठमाडौँ । राजा फर्काउने मुल एजेण्डाका साथ आन्दोलनमा होमिएको राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व फेरबदल हुनुपर्ने माग उठेको छ । उक्त समितिका प्रवक्तासमेत रहेका अधिवक्ता स्वागत नेपालले समितिमा रहेका नेतृत्वकर्ताहरुलाई अवसरवादी, अहंकारी र स्वार्थीको संज्ञा दिँदै युवाहरुलाई समेटिने गरि समितिलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले पुराना अवसरवादी, अहंकारी र स्वार्थी नेताहरुको सत्तामुखी राजनीतिलाई चुनौती दिंदै स्वतन्त्र नागरिकहरुको नयाँ पुस्ता अब नयाँ आन्दोलनको तयारीमा जुटिरहेको बताएका छन् । ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरुलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ...। साँच्चैका स्वतन्त्र नागरिकहरु, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि...,चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्वको ऐतिहासिक शान्तियुद्ध...अवसरवादी र अहंकारी बूढाहरुले नगर्ने भए युवालाई जिम्मा दिनुस् नत्र जिम्मेवारी आफै लिन्छ युवाले÷ हामी युवाहरु जागौं÷ पार्टीका नेताहरु पार्टीकै स्वार्थमा हुँदा रहेछन्’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले कुनै पनि पार्टीमा आवद्ध नभएका, वा जुनसुकै पार्टीका भए पनि राष्ट्र सर्वोपरि मान्ने स्वतन्त्र व्यक्तिहरुले देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्न लाग्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, 'हामी स्वतन्त्र नागरिकहरु, देशलाई माया गर्नेहरु जुनसुकै पार्टीको सदस्य पनि कुनै पनि पार्टीको सदस्य नभए पनि/ पार्टीका निर्णयलाई लत्याउन सक्नेहरु/ सबै एकै ठाउँमा आऔं, / नेपाललाई हिन्दु, वौद्ध, किरात, शिख, प्रकृति, बोन सबैको साझा सनातनी धर्मराज्य घोषणा गरौं/ अब आन्दोलनलाई सफल बनाउनैपर्छ/ राजाले पनि राजा बन्दिनँ भन्ने छुट छैन अब/ जनताले गर्छ जे निर्णय गर्छ गर्छ, हामी शक्ति सञ्चय लागौं/ देश र विदेशबाट नयाँ संरचनाबाट हामी आउँदैछौं/ कोही पनि चिन्तित त्रसित नबन्नु होला/ देशघाती भ्रष्टाचारीहरुलाई अन्त्य गर्नैपर्छ !'

आफूले बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गरेको तर बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुङ्ग पारेको र जनभावनालाई तुहाउन प्रयास गरेको आरोप लगाएका छन् । 

त्यस्तै उनले राजतन्त्र फर्काउन सुरु भएको आन्दोलन युवाहरुले तुहिन नदिने र सफल बनाएरै छोड्ने बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै